वेष्टर्न नर्सिङ्ग क्याम्पसका विद्यार्थीद्वारा खेलौना प्रदर्शनी

सदरलाइन संवाददाता ९ आश्विन २०७९, आईतवार १६:०७
 

नेपालगञ्ज : नेपालगञ्ज स्थित वेष्टर्न नर्सिङ्ग क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आईतबार त्रिपुरा बाल अस्पतालमा खेलौना प्रदर्शनी गरेका छन् । पाठ्यक्रम अन्तर्गत उनिहरुले अस्पतालमा खेलौना प्रदर्शनीसँगै बिरामी बालबालिकाहरुलाई वितरण समेत गरेका छन् ।

क्याम्पसको ११ औं ब्याचका विद्यार्थीहरुले अस्पतालमा उपचारका लागि आउने विभिन्न उमेर समुहका बालबालिकाको वृद्धि किासका लागि के कुरामा ध्यान दिने ? खानामा के कुरा उपयुक्त हुन्छ ? कुन उमेरका बालबालिका के कस्ता खेलहरु खेल्ने ? सरसफाईमा के कसरी ध्यान दिने ? लगायतका विषयमा जानकारी सहितको प्रदर्शनी गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।


प्रदर्शनीबाट उपचारका लागि विभिन्न ठाउँबाट अस्पताल आएका बिरामी बालबालिका र उनका आफन्तहरु लाभान्वित भएका छन् । उपस्थित बिरामीहरुका आफन्तहरुले नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई जानकारीसहितको प्रदर्शनीका लागि धन्यवाद समेत दिएका छन् ।

उक्त कार्यक्रममा त्रिपुरा बाल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, वेष्टर्न नर्सिङ्ग क्यापसका विद्यार्थी, क्यापसका शिक्षक कर्मचारी लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीका अध्यक्ष जसगडद्वारा अस्पतालको निरीक्षण

९ आश्विन २०७९, आईतवार १६:०७
नेपालगञ्ज : भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगडले आज भेरी अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालको विभिन्न सेवाका साथै अस्पतालको आइसीयू, डायलाइसिस, एनआइसीयू, न्युरो, पेइंग, जनरल तथा इमर्जेन्सी विभागको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको पनि सहभागिता रहेको थियो । निरीक्षणका दौरान […]