२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

भेरी अस्पताल विकास समितिको अध्यक्षमा जसगड नियुक्त



नेपालगञ्ज : सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगडलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसगडलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा जसगडलाई नियुक्त गरेको जनाएको छ । नेपालगञ्जका सुनचाँदी व्यवसायी जसगड नेकपा एकीकृत समाजबादी पार्टीका नेता हुन् ।

उनी समाजबादीको कोटामा अस्पताल विकास समितिको अध्यक्ष बनेका हुन् । जसगड समाजबादीका जिल्ला सदस्य भएको बताइएको छ । यसअघि अस्पताल विकास समितिको अध्यक्षमा प्रमोद धिताल रहेका थिए ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रबार
ताजा समाचार