२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेको डुडुवामा शिक्षकद्वारा तलब निकासाको माग गर्दै शाखामा तालाबन्दी



फाईल फोटो

डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउपालिकाका अन्तरगतका सामुदायिक विद्यालयका शिक्षकहरुले आफुहरुको मासिक तलब निकासा नभएको भन्दै पालिकाको शिक्षा शाखामा तालाबन्दी गरिदिएका छन् ।

विजयादशमी जस्तो पर्व नजिकिदै गर्दासमेत पालिकाबाट विद्यालय शिक्षकको तलव निकासाको पहल नगरेको भन्दै शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतको अगुवाईमा शिक्षा शाखामा तालाबन्दी गरिएको हो ।

लामो समयदेखिको राजनीतिक खिचातानीको कारण पालिकाको गाउसभा समेत बस्न नसकेको अवस्थामा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले आफुले पाउनु पर्ने नियमित तलब लामोसमयदेखि नपाएको र पाउने छाँटसमेत नदेखिएपछि तालाबन्दी गर्नुपरेको स्थानीय शिक्षकहरुको भनाई छ ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रबार
ताजा समाचार