२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेपाली काँग्रेस बाँकेद्वारा तीज मिलन कार्यक्रम



नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेले बुधवार नेपालगञ्जस्थित पार्टी कार्यालयमा तीज मिलन तथा दर कार्यक्रम गरेको छ ।

तीज मिलन तथा दर कार्यक्रमका संयोजक एवम् जिल्ला सहसचिव रेनु सिंह ठाकुरको सभापतित्वमा भएको तीज कार्यक्रममा सहभागी नेताहरुले हिन्दु नारीहरुको महान ठूलो पर्व तीजले एकता, सदभाव र सम्बृद्धि स्थापित गरोस् भन्ने शुभकामना दिएका थिए ।

काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नारीहरुको सुखदुःख बिसाउने र एक आपसमा शुभकामना साटासाट गरेर मनाइने तीज पर्वले स्नेहिता प्रदान गरोस् भन्ने शुभकामना दिए ।

यस्तै पार्टी सभापति नारायण प्रसाद गौडेलले यस्ता पर्वहरुले एक आपसमा भेटघाट गराउने र एकता प्रदान गर्ने विश्वास व्यक्त गरे । जिल्ला सदस्य सुशिला नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, पार्टीका पूर्व सभापति गजेन्द्र हमाल, निवर्तमान पार्टी सभापति किरण कोइराला, महिला संघ बाँकेका अध्यक्ष नारायणी रुपाखेती लगायतले शुभकामना दिएका थिए ।

पार्टी सचिव संजुकुमारी थारुले संचालन गरेको तीन मिलन तथा दर कार्यक्रममा नाचगान समेत चलेको थियो ।

प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार
ताजा समाचार