न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

सदरलाइन संवाददाता १५ भाद्र २०७९, बुधबार १६:२५
 

नेपालगञ्ज : न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो ।


अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पदरुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

त्यसपछि अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गरिने : अर्थ मन्त्री शर्मा

१५ भाद्र २०७९, बुधबार १६:२५
नेपालगञ्ज : अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेका छन् । नेपालगञ्जबाट सुर्खेत जाने क्रममा बिहीबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नष्ट हुन लागेपछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय […]