७२ घण्टाका लागि सीमानाका बन्द हुने

सदरलाइन संवाददाता २८ कार्तिक २०७९, सोमबार १२:४४
 

नेपालगञ्ज : यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएका बाँकेका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिने भएको छ ।

यही आउँदो ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राती १२ सम्मका लागि नेपाल भारत सीमा नाका बन्द गरिनेछ । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्नो भुमीबाट सिमा पुर्णरुपमा बन्द गर्नेछ ।


तोकिएको अवधिभर कुनै पनि सवारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवातजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइने भएको छ । सिमा नाका बन्द भएको समयमा जबर्जस्ती घुसपैठ गर्ने जोसुकैलाई कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । मंसिर १ गते राती १२ बजेदेखि ४ मंसिर राती १२ बजेसम्म देशैभरका सबै नाका बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशभर १४ हजार सुरक्षाकर्मी परिचालन

२८ कार्तिक २०७९, सोमबार १२:४४
सुर्खेत : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७२९ […]