सदरलाइनडटकम,
नेपालगञ्ज : गर्मीले आक्रान्त बनेका नेपालगञ्जबासीलाई बर्षाले राहत मिलेको छ । गएरातीदेखि भईरहेको वर्षाका कारण बाँकेलगायत आसपासका जिल्लामा गर्मीबाट केही राहत मिलेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले पश्चिम तराईमा पानी परिरहेको छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा गएरातीदेखिनै बर्षा भइरहेको छ ।
उखरमाउलो गर्मीले आक्रान्त बाँकेवासीलाई गएरातीदेखिको बर्षाले राहत दिएको छ । महाशाखाले मंगलवार देशभर साधारणतया बदली रहने जनाएको छ । देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
