वित्त आयोगका अध्यक्ष पौडैल नेतृत्वको टोली नरैनापुरमा

सदरलाइन संवाददाता २० चैत्र २०७९, सोमबार १५:५३
 

नरैनापुर (बाँके) : स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिएका छन् ।

आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको बताए । नरैनापुरको स्थलगत निरीक्षण गरेपश्चात जनप्रतिनिधी र कर्मचारीहरुसंग कुरा गर्दै आयोगका अध्यक्ष पौडेलेले नरैनापुरले गरेको कामको अन्य पालिकाले सिको गर्न जरुरी रहेको जिकिर गरे । अध्यक्ष पौडेलले नरैनापुरको शिक्षा र स्वास्थ्यका लागि थप बजेट अवश्यक रहेको देखिएकोले सम्बन्धित मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिन राज निरौलाले संघीय सञ्चित कोषबाट तल्लो तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै पालिकामध्ये सबैभन्दा बढी बजेट पाएको बताउँदै नरैनापुरको विकासका लागि अझ राम्रो काम गर्न सुझाव दिँदै उत्कृष्ट भएकोमा बधाई दिए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आयोगका अध्यक्ष पौडेल, सदस्य निरौला र गाँउपालिका महासंघका समन्वय अधिकृत रविन पौडेललाई खादा मलालाले स्वागत गरेका थिए ।


अध्यक्ष शाहले नरैनापुर उत्कृष्ट भए पछि आयोगको टोली पालिकामा आएर बधाई दिनु आफूहरुका लागि खुशीको कुरा भएको बताउँदै नरैनापुरको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप बजेटको व्यवस्था गरी दिन माग गरे ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परिश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गर्न सफल भएको बताए ।

आयोगको टोलीले नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, लेखा अधिकृत भरत बस्नेत,वडा नं. ५ का सचिव भरत महतो, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह, कृषि शाखा प्रमुख सदन भण्डारी, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, लेखा पाल प्रकाश अधिकारी, सर्भिलेन्स अफिसर बिबेक पौडेल वडा सदस्यहरुसंग छलफल गरेको थियो ।

टोलीले निर्माणधिन अवस्थामा रहेको गाँउपालिकाको भवन, अस्पताल र नेपाल भारत सिमाको अनुगमन समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गैरसरकारी संस्था महांसघ बाँकेको अध्यक्षमा तिमिल्सेना

२० चैत्र २०७९, सोमबार १५:५३
नेपालगञ्ज : गैरसरकारी संस्था महांसघ नेपाल बाँकेको अध्यक्षमा चन्द्रप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् । उनी यसअघि महासंघ बाँकेको जिल्ला उपाध्यक्ष थिए । महासंघ बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित भएका हुन् । अधिवेशनको बन्द शत्रपछि नयाँ नेतृत्व चयन प्रक्रियामा सहमती हुन नसकेपछि राती […]