क्षयरोगबाट बाँकेमा ६ महिनामा १३ जनाको मृत्यु

सदरलाइन संवाददाता ११ चैत्र २०७९, शनिबार १४:३४
 

नेपालगञ्ज : बाँकेमा क्षयरोग (टीबी)बाट १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले साउनदेखि पुषसम्म जिल्लामा १३ जनाको मृत्यु भएको बताए ।

यो अवधिमा जिल्लामा ५ सय १८ जना नयाँ विरामी फेला परेका छन् । ६ महिनामा ७ सय १७ जना नयाँ विरामी पत्ता लगाउनु पर्नेमा ५ सय १८ जना मात्रै फेला परेका छन् । १ सय ९९ जना अझै हराएका छन् ।

जिल्लामा निकोदर ९२ प्रतिशत रहेको छ । ६ महिनामा ४ जना औषधी खाँदा पनि निको भएनन् । १४ जना औषधी खाँदाखाँदै बिचमै हराएका छन् ।


नेपालमा क्षयरोगबाट वर्षेनी १७ हजार मानिस मर्ने गर्दछन् । सर्वेअनुसार नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगी थपिन्छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार ५ सय २० जना मात्रै नयाँ विरामी फेला परे । ३१ हजार विरामी हराइरहेका छन् । फेला पार्न सकिएको छैन ।

यसैबीच बाँकेको ढकेरीमा क्षयरोग उपचार र प्रेषण व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि वर्षैदेखि पहल भइरहेपनि जग्गा उपलब्ध नहुँदा बजेट आउँदै फर्किंदै गरेको छ ।

अस्पताल निर्माणका लागि राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा दुई विगहा जग्गा छुट्याइएको छ । अस्पताल निर्माणका लागि १३ करोड ९९ लाख आएको छ । टीबी नेपालका व्यवस्थापक हिक्मतबहादुर खड्काले ढकेरीमा अस्पताल बनाउनका लागि टेण्डर आव्हान भइसकेको जानकारी दिए । अस्पताल निर्माणका लागि बजेट आएको यो चौथो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका मुख्य बजार क्षेत्र सुनसान

११ चैत्र २०७९, शनिबार १४:३४
नेपालगञ्ज : बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्युन हुँदै गएको […]