बाँकेका अस्पतालमा भाइरल ज्वरोका विरामी बढे

सदरलाइन संवाददाता ११ भाद्र २०७९, शनिबार १४:१५
 

नेपालगञ्ज : बाँकेका अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या लिएर अस्पताल आउने विरामीको संख्या बढ्दै गएको भेरी अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले जानकारी दिए ।

हिंजोआज दैनिक सय बढी ज्वरोका बिरामी आउने गरेको उनको भनाइ छ । अस्पताल पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको उनले बताए ।


यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन् । ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि सङ्क्रमण बढदो रूपमा रहेको उनको भनाइ छ । मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उनले बताए ।

ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको संख्या बढ्दै गएको छ । चिकिस्तकहरुले खानपिनमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाछी बलात्कारको आरोपमा बाँकेमा एक पक्राउ

११ भाद्र २०७९, शनिबार १४:१५
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा गाईको बाछीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ दंगपुर्वा घर भएका जलउवा थारुको गोठमा बाँधिएका गाईको बाछीलाई बलात्कार गरेको आरोपमा एक स्थानीय युवक पक्राउ परेका हुन् । गाईको बाच्छी बाधेको ठाउँमा उनको कट्टु र मोवाइल फेला परेपछि […]