सदरलाइनडटकम ,
१४ जेठ, बिनौना (बाँके) : बैदेशिक रोजगारबाट फर्केर सामाजिक र पारिवारिक हिंसाबाट प्रभावित २० जना महिलाहरुका लागि बाँकेको बिनौनामा सीपमुुलक तथा ब्यवसाय छनौट तालिम सम्पन्न भएको छ ।
‘सामाजिक न्यायमा पहुुँच र आत्मसम्मान ः हाम्रो अभियान’ भन्ने नाराको साथ अभियान नेपालले जिल्ला समन्वय समन्वय समिति बाँकेको आर्थिक सहयोगमा सञ्चालन गरेको सो तालिम साविकको विनौना गाविसका बैदेशिक रोजगारबाट प्रभावित तथा पीडित महिलाहरु जो अन्य कुुनै सामाजिक सघंसंस्थामा समेटिएका छैनन उनीहरुलाई सहभागि गराईएकोे अभियान नेपाललका कमला पन्तले दावी गरीन ।
तालिमको उद्देश्यबारे प्रकास पार्दै उनले विषेश गरि बैदेशिक रोजगारबाट फर्केर सामाजिक र पाािरवारिक हिंसाबाट प्रभावित महिलाहरुलाई कसरी सीपमुलक तथा ब्यवसाय छनौट गर्ने बारे सीपको विकास गर्ने रहेको बताईन ।
साविक विनौना गाविसका बैदेशिक रोजगारबाट फर्केर सामाजिक र पाािरवारिक हिंसाबाट प्रभावित २० जना महिलाहरु सीपमुुलक तथा ब्यवसाय छनौट तालिम प्राप्त गरि ब्यवसायमा संलग्न हुुनेछन् । साथै घुुम्ती कोषको परिचालन गरि आफुु सुुहाँउदो ब्यवसायमा संलग्न भई आत्मसम्मानको साथ समुुदायमा स्थापित हुुने विश्वास गरिएको छ ।
तालिमबाट पाएको ज्ञान र सीप उपलब्धी मूलक भएको र यो सीपलाइ ब्यवहारमा उतार्नेे तालिमकी सहभागी सिता बिकले बताइन । सो तालिमलाई शंकर शर्मा र लालुुमाया पाण्डेले सहजीकरण गरेका छन् ।