बाँकेमा फरार दुई जना प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ८ असार २०७९, बुधबार १५:११
 

नेपालगञ्ज : अदालतबाट सजाय पाएर फरार रहेका दुईजना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गाली बेज्जती मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नंं.२० बस्ने ५२ वर्षीय बलिराम कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । कुर्मीमाथि बाँके जिल्ला अदालतको फैसलाले गाली बेज्जती मुद्दामा ६ महिना कैद सजाय तोकिए पश्चत उनी फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै कुटपिट मुद्दामा फरार रहेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० बस्ने २२ वर्षीय शिवा कुर्मी वर्मा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वर्मा कुटपिट मुद्दामा बाँके जिल्ला अदालतबाट ३ महिना कैद सजाय पाएका उनी हालसम्म फरार रहेका थिए ।

पक्राउ परेका दुबैजनालाई बाँके जिल्ला अदालतमा बुधवारनै बुझाइएको प्रहरी जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

रोल्पामा एक युवती मृत फेला

८ असार २०७९, बुधबार १५:११
नेपालगञ्ज : रोल्पामा एक युवती मृतावस्थामा फेलापरेकी छन् । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५, छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छन् । विक सुतेको कोठामा सर्प समेत फेलापरेकाले सर्पले डसेको हुन सक्ने आशंका गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले […]