तिहारसँगै नेपालगञ्जमा मिठाइको कारोबारमा बृद्धि

सदरलाइन संवाददाता १८ कार्तिक २०७८, बिहीबार १६:०८
 

नेपालगञ्ज : तिहार आएसँगै नेपालगञ्जमा मिठाइको कारोबार बढेको छ । गत वर्ष कोरोना महामारीका कारण खासै व्यापार नभए पनि यस वर्ष भने व्यापार बढेको व्यापारीहरु बताउँछन् ।

ग्राहकको माग धान्न नसकेर यसअघि भारतबाट समेत मिठाई भित्र्याउने व्यापारीहरुले अहिले भने आफैले उत्पादन गर्न थालेका छन् । नेपालगन्ज त्रिभुवन चोकमा द केक एण्ड बेकरीका संचालक अतुलकुमार गुप्ताका अनुसार फेरिँदो जीवनशैली, व्यवस्ताका कारण तिहारमा रोटीको प्रयोग घट्दै गएको छ भने मिठाईको प्रयोग बढ्दो छ ।


ग्राहकले ताजा र गुणस्तरीय मिठाई मन पराउने भएकाले भारतीय मिठाइएको आयात प्रतिस्थापन भएको व्यवसायी बताउँछन् । नेपालगञ्जकै व्यापारीहरुले अत्याधुनिक मेसिनको प्रयोगमार्फत विभिन्न प्रकारका मिठाइ बनाउन थालेपछि ग्राहकहरुको आर्कषण पनि बढेको छ ।

जनचेतनाको अभाव र सस्तोमा पाइने लोभमा केही मानिसहरु भारतीय बजारसम्म मिठाइ लिन पुग्छन् । तिहारको समयमा नेपालगञ्जमा करिव दुई सय क्वीन्टलसम्म मिठाई खपत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी पास गर्छौ भनेर पत्र लेखिएको भन्ने देउवाको भनाइमा सत्यता छैन’

१८ कार्तिक २०७८, बिहीबार १६:०८
काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाले भने झै ‘एमसीसी पास गर्छौ’ भनेर पत्र नलेखेको प्रष्टिकरण दिएका छन् । देउसी खेल्न निवास आएका पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गरेका हुन् । अध्यक्ष प्रचण्डले […]