अफगानीहरुलाई रोक्न बाँकेको सीमामा कडाई

सदरलाइन संवाददाता १२ कार्तिक २०७८, शुक्रबार १५:५६
 

नेपालगञ्ज : तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने भन्दै नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको छ ।

खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना बढी छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् ।


आफगानीहरु भारत प्रवेश गर्नका लागि भारतीय अधारकार्डको प्रयोग गर्नसक्ने शंका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए । आफगानिस्तानमा तालिवानको कब्जापछि हजारौँले देश छाडेका छन् ।

प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार दुई दिनअघि संयुक्त सुरक्षा अधिकारीहरुको बैठक बसेर अफगानीहरु नेपाल प्रवेश गर्नसक्ने भन्दै निगरानीका लागि निर्णयनै गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ‘माहुरी होम’ गठन

१२ कार्तिक २०७८, शुक्रबार १५:५६
नेपालगञ्ज : मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्लाको समिति आज नेपालगञ्ज उप–महानगरपालिकाको प्राङ्गणमा गठन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापा मगरको अध्यक्षतामा बैठक बसी दिनेश ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरिएको हो । उक्त समितिको उपाध्यक्ष पदमा लक्ष्मी […]