बाँके निर्वाचन क्षेत्रनंं. १ का निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम मध्येका योजनाहरु सम्पन्न

२५ असार २०७४, आईतवार १६:५१
 

सदरलाइनडटकम
२५ असार, नेपालगन्ज : बाँकेको निर्वाचन क्षेत्र नंं १ अन्तरगतका निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रमका विभिन्न योजनाहरु करिब करिब सम्पन्न हुने क्रममा रहेका छन् । जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले दिएको जानकारी अनुसार बाँके निर्वाचन क्षेत्र नं. १ मा रहेका विभिन्न २१ वटा योजना मध्ये २० वटा योजना सम्पन्न भएका छन् भने एउटा मात्र योजना सम्पन्न हुनको लागि अन्तिम चरणमा रहेको छ ।
सो कार्यक्रम अन्तरगत कोहलपुर नगरपालिकाको पिपरीमा ४० लाख लागतको सडक कालोपत्रे गर्ने योजना वर्षातको कारण अवरुद्ध हुँदै सम्पन्न हुनमा ढिलाई भएको हो । बाँके निर्वाचन क्षेत्र नं. १ का सांसद देवराज भारले सोही योजना अन्तरगत कुसुम बजारमा निर्माण भएको नालिको स्थलगत अवलोकन गरेका छन् ।
संसद भारको साथमा रहेको जिल्ला समन्वय समिति बाँको सामाजिक विकास अधिकृत, प्राविधिक कार्यालयका प्राविधिकलगायतको टोलीले सो निर्माण सम्पन्न भएको योजनाको अवलोकन गरेको हो । १० लाखको लागतको सो योजना उपभोक्ताबाट निर्माण सम्पन्न भएको र सो नालीको अन्तिम निकासको लागि अझै सय मिटर नालि निर्माण गर्नु आवश्यक रहेको कुसुमका स्थानीयले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा बस दुर्घटना २ जनाको ज्यान गयो, २९ जना घाइते

२५ असार २०७४, आईतवार १६:५१
सदरलाइनडटकम २५ असार, सल्यान : दाङबाटबाट रुकुम जान गुडेको यात्रुबाहक बस सल्यानमा दुर्घटना हुँदा २ जनाको ज्यान जानुको साथै दुई दर्जन बढी यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक आइतबार बिहान पौने ९ बजे दुर्घटना भएको […]