बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको संख्या बढ्दै

सदरलाइन संवाददाता ८ भाद्र २०७९, बुधबार १३:१६
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

सरकारले मिटरब्याजी विरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका लगायतका छन् ।


मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कागज गरेको उजुरीमा उल्लेख छ । मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी रहेको अधिकृत सोनकरले बताए । उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ ।

मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत निर्यात हुन नसकेपछि नेपालगञ्जमै थन्कियो जडीबुटी

८ भाद्र २०७९, बुधबार १३:१६
नेपालगञ्ज : भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नेपाली जडीबुटी नसमेटिँदा बाँकेको नेपालगञ्जमै जडीबुटी थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको हो । बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् । कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । […]