सदरलाइनडटकम,
नेपालगञ्ज : नाग देवताको पूजाआराधना गरी शनिवार नागपञ्चमी मनाईंदै छ । नागपञ्चमी, प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परानुसार घरघरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइन्छ ।
मधेशी समुदायमा यसलाई ‘गुडिया’ पर्व भनेर मनाइन्छ । बाँके, बर्दियालगायत पश्चिम तराईका जिल्लाका मधेशी समुदायमा बिहान ‘घुघरी’ अर्थात चना खाने चलन रहेको छ । यस्तै बेलुकी पख लत्ताकपडाको गुडिया बनाएर गाउँघरका केटीहरुले चौराहामा लगेर फाल्छन् भने केटाहरुले त्यसलाई लठ्ठीले पिट्ने गर्दछन् ।
यस्तै हिन्दु धर्मावलम्बीहरुले घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्दछन् । यस्तो गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।