ईदको शुभकामना दिने बाहानामा मौन अवधीमा भोट माग्दै उम्मेदवारहरु

१२ असार २०७४, सोमबार १८:०६
 

सदरलाइनडटकम
१२, असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका मुस्लिम समुदायको बाहुल क्षेत्र हो । आगमी असार १४ गते हुने स्थानीय निर्वाचनको नतिजालाई यहाँको मुस्लिम समुदायको जातिय भोटले पनि निकै ठूलो प्रभाव पार्ने भएकोले इदको शुभामना संगै एकै थलोमा मौन अवधी मिचेर मत माग्ने उद्देश्यले सबै उम्मेदवारको घुईचो नेपालगन्जको ईदगाहमा लागेको थियो ।
नेपालगन्जमा झण्डै २६ हजार मतदाता त मुस्लिम समुदायकै रहेको अनुमान छ । ६२ हजार ३ सय ९७ मतदाता मध्ये झण्डै २ तिहाईमा ५ हजार कम मत मुस्लिम समुदायको मात्रै छ । मुस्लिम समुदायकै मतलाई ‘क्यास’ गर्न भन्दै राजनीतिक दलहरूले पनि मुस्लिम नेताहरूलाई नै चुनावी मैदानमा उतारेका छन् ।
एमाले र संघीय समाजवादी फोरमबाट मेयर मै मुस्लिम उम्मेदवार छन् भने, कांग्रेस र राप्रपाले मेयर र उपमेयर दुबै उम्मेदवार मुस्लिम समुदायभन्दा बाहिरबाट उम्मेदवार उठाएको छ । माओवादी केन्द्रबाट उपमयेरमा मुस्लिम समुदायबाट उठाएको छ ।
मुस्लिम समुदायका सबैभन्दा ठूलो पर्व इदको अवसरमा सोमबार नेपालगञ्जस्थित बीपी चोकको इदगाहामा ठूलो संख्यामा मुस्लिमहरू भेला भएर सामूहिक रुपमा ईदको नमाज पढे । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई एक महत्वपूर्ण अवसर थियो यो ।
सबै जसो दलका मेयर उपमेयर र वडाध्यक्षका समेत उम्मेदवार मुस्लिम समुदायसँग गला मिलाउदै भोट मागिरहेको दृश्य निकै नै रोचक देखिन्थ्यो । गएराती १२ बजेबाट उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मौन अवधि शुरु भएपनि इदलाई भने उम्मेदवारहरूले मत माग्ने राम्रै अवसर बनाए ।
कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडिया, एमाले उम्मेदवार समशुद्धिन सिद्धिकी, माओवादीका मेयर उम्मेदवार दमोदर आर्चाय र राप्रपाका धवलशम्शेर राणा प्रार्थना स्थल बाहिर देखिए । सबै उम्मेदवारले आ–आफ्नो स्टल समेत लगाएका थिए । माओवादी केन्द्र र नेपालगन्ज उद्योग बाणिज्य संघको संयुक्त स्टल रहेको थियो भने, नेपाली काँग्रेस, एमाले, राप्रपा, संघीय समाजबादी फोरमलगायतको अलग स्टल रहेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणसंगै मतदान केन्द्र निर्माण गरी सकियो

१२ असार २०७४, सोमबार १८:०६
सपना विष्ट / सदरलाइन १३ असार, नेपालगन्ज : असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्लाका आठवटै स्थानीय तहमा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, मतपत्र, मतदाता परिचय पत्र सहित […]