डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु

१४ बैशाख २०७५, शुक्रबार १७:३९
 

सदरलाइनडटकम
१४ बैशाख, नेपालगन्ज :  बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिकाको वार्ड नं. ६ हिरिमिनियाबाट भत्ता वितरण शुरु भएको हो । नया आर्थिक वर्षको मसिंरदेखि फागुन महिना गरि ४ महिनाको भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ ।
वडा नं. ६ का १ सय ७ जनालाई आज सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडाध्यक्ष मोहनराम मिश्र वडा सदस्य तिरथराम बर्मा, निर्मलादेवी कोरी, तेतराम बर्मा कृषि प्राविधिक पंकज मौर्य लगायतले भत्ता वितरण गरे । वडा नं. ६ मा ७ सय ५ जना सामाजिक सुरक्षा भत्ता लिनेहरु रहेको वडा कार्यालयका खरिदार शिवकुमार मौर्यले बताए ।
गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिनेछ । जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका, दलित गरि ३ हजार १ सय जना र दुई हजार ९ सय बालबालिकालाई उक्त भत्ता वितरण गरिने गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।
बैकिंङ प्रक्रिया झन्झटिलो भएकाले स्थानीय निकायले अहिले वडा कार्यालयमार्फत भत्ता वितरण गर्न थालेको हो । अनलाईन एमआइएस भर सिष्टम अनुसार भत्ता वितरण गरिनेछ । यो सिष्टममा केन्द्रदेखि अनलाईन गरिएका नाम भएकाहरुले भत्ता पाउनेछन ।

Next Post

बाँके जिल्लाको पूर्वाधार विकासका लागि मन्त्री महासेठसंग आग्रह

१४ बैशाख २०७५, शुक्रबार १७:३९
सदरलाइन \रबिन्द्रसिंह ठकुरी १४ बैशाख, नेपालगन्ज : भैतिक योजना तथा यातायात मन्त्री रघुबिर महासेठले केपी शर्माको सरकारले देशको मुहार बदल्नेमा आफुहरु बिश्वस्त रहेको बताएका छन ।  नेकपा एमाले बाँकेका कार्यकर्तासंग भएको भेटघाट कार्यक्रममा बाँके जिल्लाका समस्याहरुका बारेमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले ‘राप्ति पारी सडक सञ्जाल पुगेता पनि […]