बाँकेमा शुक्रवार चार जना कोरोना संक्रमित थपिए

सदरलाइन संवाददाता १३ श्रावण २०७९, शुक्रबार १३:३५
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १२ जनाको पीसीआर परीक्षण गर्दा ३ र बागेश्वरी ल्याबमा १ गरी ४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १६२ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । जसमध्ये २० हजार ७७० जना निको भइसकेका छन् ।


शुक्रवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ३९ रहेको फोकलपर्सन वलीले जानकारी दिनुभयो । संक्रमित सबै जनाले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थुनुवामाथि बलात्कारको आरोपमा कोहलपुरका असई पक्राउ

१३ श्रावण २०७९, शुक्रबार १३:३५
नेपालगञ्ज : प्रहरी हिरसातमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा एक असई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं प्रहरी हिरासतमा रहेकी एक महिलालाई गएराति बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी […]