महेन्द्र पुस्तकालयले मनायो अमृत महोत्सव

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १६:३९
 

नेपालगञ्ज : नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो.इस्तियाक राईले महेन्द्र पुस्तकालयलाई व्यक्तिगत ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

पुस्तकालयको अमृत महोत्सबलाई शुक्रवार नेपालगञ्जमा सम्बोधन गर्दै मन्त्री राईले पुस्तकालयको स्तरोन्नतिका लागि आफूले तत्काल ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले महेन्द्र पुस्तकालय नेपालगञ्जको धरोहर रहेको बताउँदै यसको विकास र संरक्षण जरुरी रहेको उल्लेख गरे । पुस्तकालय ज्ञानको भण्डार भएकाले यो निकै उपयोगी रहेको मन्त्री राईले बताए ।


अमृत महोत्सबमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभाका सांसदद्वय आइपी खरेल, कृष्णा केसी नमुना लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवको सभापतित्वमा भएको थियो ।

सो अवसरमा पुस्तकालयले स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म पुस्तकालय कार्यसमितिका सदस्य तथा कर्मचारीहरुलाई अमृत महोत्सव पदकसहित सम्मान गरिएको तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीले बताए ।

वि.सं. २००३ सालमा नेपालगञ्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय पछि महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालय २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील छ । समितिको पूर्णताका लागि भाद्र २९ गते निर्वाचन गर्ने पुस्तकालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको गुलरियामा प्लान नेपालको परियोजना बारे जानकारी तथा समन्वय बैठक

३ भाद्र २०७९, शुक्रबार १६:३९
गुलरिया (बर्दिया) : बर्दियाको गुलरिया नगरपालिकामा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएका विभिन्न परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बी–ग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र गुलरिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो । दोस्रो स्थानीयतहको निर्वाचन […]