शनिबारे सरसफाई अभियान त्रीभुवन चोकदेखि महिला विकास कार्यालयसम्म

२६ चैत्र २०७३, शनिबार ११:००
 

सदरलाइनडटकम     
२६ चैत, नेपालगन्ज : नियमित शनिबारे सरसफाई कार्यक्रम अन्र्तगत शनिबार नेपालगन्जको त्रिभुवन चोकदेखि महिला बिकास कार्यलयसम्म सरसफाई गरिएको छ । क्लिन नेपालगन्ज एण्ड ग्रिन नेपालगन्जको आयोजना तथा नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा सरसफाई गरीएको हो ।
कार्यक्रमको उद्घाटन अधिवक्ता लोकबाहदुर शाहले गरेका थिए । कार्यक्रममा क्लिन नेपालगन्जका सामाजिक अभियन्ता डा. बिनोद कर्ण, पिन नेपालगन्जका अध्यक्ष ओमराज शर्मा ,एमाले बाँके नेपालगन्ज उप–महानगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य उपाध्यक्ष गोबिन्द रेग्मी, जलबायु संरक्षण अभियानका अध्यक्ष हेमन्तराज काफले, लगायत विभिन्न संघ सस्थाहरुको सहभागिता रहेको उपमहानगरपालिका बाताबरण ईन्जिनियर प्रकाश डिसिले जानकारी दिए ।

हरेक शनिबार स्वस्फूर्त रुपमा सामाजिक अभियन्ता डा. बिनोद कर्णको समुहले सुरुवात गरेको यो अभियानलाई नेपालगन्ज उप–महानगरपालिकाले स्वामित्व लिने पहल गरे पनि स्थानीयबासिन्दाले भने स्वामित्व लिन नसक्दा अभियानले नतिजा देखाउने गरी काम गर्न नसकेको पाईएको छ ।


फोटो :  हेमन्तराज काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाको मेयरका लागि यस्ता छन् दावेदार

२६ चैत्र २०७३, शनिबार ११:००
सदरलाइनडटकम २६ चैत कोहलपुर (बाँके) : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कोहलपुरका चिया पसल, चोकचोकमा निर्वाचन कै चर्चा हुने गरेको छ । नेता, कार्यकर्ता मात्रै होइन मतदाता समेत निर्वाचनमा कसलाई भोट दिने भन्ने सोचिरहेका छन् । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनलाई लिएर यस क्षेत्रका मतदाता उत्साहित भएका छन् […]