जिल्ला विपद व्यवस्थापन समितिद्वारा बाढी पूर्व सुचना संयन्त्रको अवलोकन

लक्ष्मी तिमिल्सेना ३ असार २०७८, बिहीबार १९:०७
 


राप्तिसोनारी (बाँके) : बाँकेमा बाढीजन्य प्रकोपको अवस्थाबारे जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिबलाल गेलालको नेतृत्वमा सुरक्षनिकाय लगायत सरोकारवालाको टोलिले बाढी पुर्व सुचना संयन्त्रको स्थलगत अवलोकन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गेलालको टोलिले बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं १ कुसुममा रहेको बाढीमापन सुचना केन्द्रको स्थलगत अवलोकन, नदीमा पानीको सतहको सुचना संकलनको अवस्थासंगै नदीको सतह बढ्दा समुदायमा सुचना पुराउने तरिका लगायतका बारेमा जानकारी लिएको हो ।

उनीहरुलाई कुसुम बाढी मापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाले बाढी पुर्व सुचना प्रवाहका बारेमा जानकारी दिएका थिए । बाँकेको राप्ति नदिमा पानीको सतह ५ मिटर नाघ्दा सतर्क अवस्थामा रहनुपर्ने र ५ मिटर ४० सेन्टिमिटर पार गर्दा तल्लो तटीय क्षेत्र डुवानमा पर्ने जोखिम भएकोले कुसुममा नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पार गर्ने वित्तिकै बाढी पुर्व सुचनाका संयत्रहरु सक्रिय बनाउदै तल्लो तटीय क्षेत्रका जोखिममा रहेकालाई सुरक्षित ठाँउमा जान सुचना पठाउने गरिएको गेजरिडर थापाले बताए ।


सो अवसरमा प्रमुख जिल्ला अधिकारी गेलालका साथमा नेपाली सेनाका प्रमुख सेनानी नहकुल थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक ओमबहादुर राना, सशस्त्र प्रहरीका उपरिक्षकद्वय प्रकास सुवेदी, अशोक बम, रेडक्रसका जिल्ला विपद सुचना अधिकारी रुपन ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तिसोनारीमा विपद व्यवस्थापन तयारीका बारेमा छलफल

३ असार २०७८, बिहीबार १९:०७
राप्तिसोनारी (बाँके) : बाँकेको राप्तिसोनारी गाँउपालिकाले विपद् व्यवस्थापन तयारीका बारेमा जिल्ला विपद व्यवस्थापन समितिलाई जानकारी गराएको छ । विहिबार पालिकामै आयोजित एक कार्यक्रममा सो जानकारी गराएको हो । राप्तिसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा भएको सो बैठकको सहजिकरण गर्दै प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीले पालिकाले गरेको तयारी तथा विपदप्रतिकार्य योजनाका […]

सम्बन्धित