बर्दियाको गुलरियामा प्लान नेपालको परियोजना बारे जानकारी तथा समन्वय बैठक

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १८:११
 

गुलरिया (बर्दिया) : बर्दियाको गुलरिया नगरपालिकामा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएका विभिन्न परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब, बी–ग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र गुलरिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो ।

दोस्रो स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको सो बैठकको अध्यक्षता गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले गरेका थिए ।

सो समन्वय बैठकमा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरु, पालिकाका सबै शाखा प्रमुखहरु, नागरिक समाज संजालका अध्यक्ष तथा पदाधिकारीहरु, दलित महिला नागरिक सञ्जालका सदस्यहरु र अन्य संघ संस्थाहरुका प्रतिनिधीको सहभागीता रहेको थियो ।


सो अवसरमा बाँके युनेस्को क्लब, साथी संस्था, बी–ग्रुप, स्याक नेपाल र थारु महिला उत्थान केन्द्रले आर्थिक वर्ष ०७८\०७९ मा संचालन गरेका परियोजनाको प्रगती, सिकाई, चुनौंतीहरु र आगामी कार्यक्रम तथा बजेट सहित प्रस्तुती गरेका थिए ।

नगरपालिकाका प्रमुख यादवले स्थानीय सरकार र सामाजिक संघ, संस्थाको समन्वय र सहकार्य नगरको समग्र विकास र अन्य कार्यका लागि आवश्यक भएको जनाउँदै यस्ता कार्यक्रमले सहकार्य र समन्वय प्रगाढ पार्ने बताए ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका सह निर्देशक महेश नेपालीले गरेका थिए, भने कार्यक्रम सञ्चालन र आयोजनामा समन्वयकारी भूमिका गुलरिया नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शिला शाहले गरेको कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ वेदप्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल, कार्यक्रम संयोजक गोमा वली चौधरी र झलक विश्वकर्माको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भुकम्प गयो

३ भाद्र २०७९, शुक्रबार १८:११
नेपालगञ्ज : बाँकेमा केन्द्रविन्दु भएर शुक्रवार राती १ बजेर २८ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेमा केन्द्रविन्दु भएर गएको उक्त भुकम्पको धक्का पश्चिम नेपालका अधिकांश ठाउँमा महशुस गरिएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस […]