बाँकेमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १३:२४
 

नेपालगञ्ज : बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


वनका चौकीदार माघु थारुले जङ्गलमा बन्दुक रहेको सूचना इलाका प्रहरी कार्यालय बैजापुरलाई जानकारी गराएका हुन् । यस्तै, प्रहरीले बन्दुक बरामद गरी थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीबाट हुने मानवीय क्षति कम गर्न हात्ती पूजा

१९ मंसिर २०८०, मंगलवार १३:२४
बर्दिया : बर्दियामा थारु गुरुवाहरुबाट हात्तीको पूजा गर्ने चलन छ । हात्तीको पूजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षति कम हुने जन विश्वास छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले दक्षिण एसियाकै सबैभन्दा ठूलो गजराज हात्ती बर्दियामै रहेको र उक्त गजराज हात्तीको नाममा बर्दिया […]