लुम्बिनीको अधिवेशन पुस १८ गते

सदरलाइन संवाददाता १४ पुष २०७९, बिहीबार १४:०८
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने प्रदेश प्रमुख कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रदेश सभा सदस्यहरुको शपथ भने पुस १७ गते हुँदैछ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथ खुवाउने छन् ।


प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनी प्रदेश प्रमुखले भने सबै प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउँछन् ।

संविधानमा प्रदेश कानुन बमोजिम शपथ ग्रहण बनाउने भन्ने व्यवस्था रहेको र लुम्बिनी प्रदेश सभा नियमावलीको नियम ४ मा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने भन्ने उल्लेख भएकाले सिधै प्रदेश प्रमुखले शपथ खुवाउने गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । अधिवेशनको अधिकांश तयारी अन्तिम चरणमा पुगेको पुनले बताए ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४र४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३र३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एकरएक जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका दुई गाउँपालिकामा टेलिकमका थप टावर जडान हुने

१४ पुष २०७९, बिहीबार १४:०८
नेपालगञ्ज : बाँकेका दुई दुर्गम गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएको छ । टेलिकमले राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा थप टावर जडान गर्ने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नम्बर […]