बाँके १ (ख) बाट एमाले उम्मेदवारका लागि खिलप्रसाद, प्रेम र आरती परे सिफारिसमा

१८ आश्विन २०७४, बुधबार १८:१९
 

सदरलाइनडटकम 
१८ असोज, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनको लागि एमाले बाँकेले विभिन्न निर्वाचन क्षेत्रबाट संभावित उम्मेदवारको नामावली सिफारीसलाई तीब्र पारेको छ ।
पार्टीले एक महिला अनिबार्यसहित ३ जनाको नाम सिफारिस गर्नको लागि बुधबार जिल्लाका सबै निर्वाचन क्षेत्रमा बैठक र भेला मार्फत उम्मेदवार सिफारिस गर्दै छ ।
क्षेत्र नं. १ (ख) मा भएको निर्वाचनले खिलप्रसाद भुसाल, प्रेम भुुसाल र आरती पौडेलको नाम सिफारिस भएको छ ।
सो क्षेत्रमा सर्वसम्मत हुन नसकेपछि भएको भोटिङ्गमा खिलप्रसादले ६ मत, प्रेमले ४ मत र आरतीले ४ मत प्राप्त गरेका थिए । सो मतदान प्रकृयामा बसन्ती अधिकारीले ३, अब्दुल हुसेन खाँले ३ र गोपाल गिरीले १ मत प्राप्त गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेले प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस टुंग्यायो, पार्टी उपाध्यक्ष र सचिव समेत परे सिफारिसमा

१८ आश्विन २०७४, बुधबार १८:१९
सदरलाइनडटकम  १८ असोज, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनको लागि एमाले बाँकेले विभिन्न निर्वाचन क्षेत्रबाट संभावित उम्मेदवारको नामावली सिफारीसलाई तीब्र पारेको छ । बाँके निर्वान क्षेत्र नं. ३ (ख) बाट बाबुराम गौतम, पदम धिताल र जैतुन अन्सारीको नाम सिफारिस भएको छ । गौतमले ८ मत, पदम […]