बलात्कार आरोपमा पक्राउ परेका खत्रीमाथि अनुसन्धान शुरु

२२ मंसिर २०७५, शनिबार १४:५७
 

सदरलाइनडटकम,
रुपन्देही : रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको देवदह ७ का १८ वर्षीय जीवन खत्रीमाथि अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका अन्य चार जनालाई छोडिने इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।
पक्राउ परेका अन्य चार जना युवाहरुको बयानका आधारमा भाग्दै गरेका जीवन खत्रीलाई नवलपरासीको दाउन्नेबाट प्रहरीले पक्राउ गरेको थियो । पीडित बालिकाका आफन्तले खत्रीविरुद्धमा किटानी जाहेरी दिएको र पक्राउ परेका अन्य चार जनाले पनि खत्रीले नै बालिकाको बलात्कार गरेको भन्ने बयान दिएका कारण खत्रीमाथिको अनुसन्धानलाई अगाडि बढाइने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले बताए ।
बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएको बेला बलात्कारमा परेको आफन्तले जनाएका छन् । घरमा रहेकी ती बालिकालाई जीवनले चाउचाउ दिन्छु भनी फकाएर अलि पर लगेर रुमालले मुख थुनिदिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।

Next Post

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

२२ मंसिर २०७५, शनिबार १४:५७
सदरलाइनडटकम, दाङ : तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका १ सल्यान स्थायी घर भई हाल तुलसीपुर ५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नयाब उपरीक्षक प्रेम बहादुर शाहीले बताए । शुक्रवार राति साढे ८ बजे तुलसीपुर ८ […]