बिद्यार्थी बेहोस हुन थालेपछि बाँकेको एक विद्यालय बन्द गर्ने तयारी

सदरलाइन संवाददाता २९ श्रावण २०७९, आईतवार १३:५०
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १३ मा रहेको नेरामाबि खडकबारमा कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरु एकाएक बेहोस भएका छन् । बिद्यार्थीहरुमा मास हिस्टिरिया भएको अनुमान गरिएको छ ।


मास हिस्टिरियाबाट बिद्यार्थीहरु अचानक बेहोस भएपछि सोमवारबाट ५ दिनका लागि बिद्यालय बन्द गर्ने तयारी भएको बिद्यालयका प्रधानाध्यापक पृथ्बीनाथ धितालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोले एक्स्काभेटर पुरिँदा नेपालगञ्जका चालकको मृत्यु

२९ श्रावण २०७९, आईतवार १३:५०
नेपालगञ्ज : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ । जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– १९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ […]