मृतक सदस्यका परिवारजनलाई ग्रामिण कर्जा विमा वितरण

सदरलाइन संवाददाता २१ श्रावण २०७९, शनिबार १०:२४
 

नेपालगञ्ज : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय कोहलपुर अन्र्तगत शाखा कार्यालय परस्पुरले ग्रामिण कर्जा वितरण तथा शोकसभाको आयोजना गरी कर्जा विमा वापतको चेक हस्तान्त्रण गरेको छ ।

शाखा कार्यालय परस्पुर अन्तरगत सानो खजूरा (ख) महिला समुहमा आवद्ध मृतक सदस्य सिता देवी राना मगरको पति दिल विक्रम रानालाई एक समारोहका विच ग्रामिण कर्जा विमा रकम जानकी गाउपालिका–४ का वाडअध्यक्ष रमेश कुमार वर्माले हस्तान्त्रण गरेका हुन ।

काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको सो वित्तिय संस्थाले विमा वापतको क्षतिपुर्ति वापत ५ लाख ९९ हजार ५० रुपैयाको चेक हस्तान्त्रण गरेको हो । चेक हस्तान्त्रण गर्दै वडा अध्यक्ष वर्माले निर्धनले ग्रामिण क्षेत्रमा वित्तिय पहुंच पुराई पिछडिएका वर्गहरुलाई आर्थिक क्रियाकलापमा सक्रिय गराएको, स्वरोजगारी सृजना गराई आयश्रोत बढाई गरिवि निवारणमा टेवा पुराएको भन्दै प्रशंशा गरे ।

उनले ग्रामिण महिलाहरुलाई वचत परिचालन, कर्जा कारोवार, जनचेतना संगै लघुजिवन विमामा सरिक वनाई आश्रित परिवारलाई मानविय क्षति भए पनि आर्थिक वोझबाट उन्मुक्त गराउन परिवारलाई सहयोग गरेको बताए ।

कार्यक्रममा शोकमन्तव्य राख्दै नविन कूमारी राना मगरले संस्थाले आफुहरुजस्ता विपन्न परिवारहरुलाई धेरै सहयोग गरेको भन्दै धन्यावाद व्यक्र गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिन । मृतकका पति दिल विक्रम रानाले विमा क्षतिपूर्ति रकमले वालवच्चाको शिक्षा दिक्षामा सहयोग पुग्ने वताउदै संस्था, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र समुहका दिदी वहिनीहरुलाई धन्यावाद दिए ।


कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधा तथा विमाको वारेमा जानकारी गराउंदै शाखा प्रमुख टोपबहादुर रास्कोटीले शाखामा आवद्ध मृतक सदस्य प्रति हार्दिक श्राद्धान्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै विमा क्षतिपुर्ति रकमले आश्रित परिवार तथा वालवच्चाहरुलाई लालनपालनमा सहयोग पुग्ने जानकारी वताए ।

शाखाले २०६१ सालदेखि नेपालगञ्ज उपमहानगरपालिका, जानकी, खजूरा गाउंपालिका र वर्दिया जिल्लाको वढैयाताल गाउंपालिकाका १ सय ५८ टोलहरुमा ३ हजार ५ जनालाई सेवा दिईरहेको जानकारी दिए । संस्थाले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसंग सहकार्य गरी न्यूनत्म शुल्कमा म्यादी अमृत जीवन गर्दै आएको जानकारी दिए । कार्यक्रम केन्द्र नं. १ सय २६, सानो खजूरा (ख) महिला समुहकी अध्यक्ष दिलमाया रानाको अध्यक्षतामा तथा शाखाका कर्मचारी विन्दू राना क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र लघुवित्त संस्था हो । संस्थाले १ सय ८५ वटा शाखाहरु, ७ वटा प्रदेश कार्यालय, ३ क्षेत्रीय र केन्द्रीय कार्यालय गरी १ सय ९५ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तिय साक्षरता, ब्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पुरयाउंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा एक युवक पक्राउ

२१ श्रावण २०७९, शनिबार १०:२४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राऊ पर्नेमा, जिल्ला दाङ बबई गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष अन्दाजी २१ का भुवन केसी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट र लागुऔषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको […]