घरमा बोलाएर विद्यार्थी कुट्ने शिक्षकलाई बर्खास्त गर्न माग

सदरलाइन संवाददाता २६ श्रावण २०७९, बिहीबार १५:१७
 

नेपालगञ्ज : अखिल (क्रान्तिकारी) दाङले योजनबद्ध विद्यार्थीलाई कुटपिट गरेको भन्दै राजपुर गाउँपालिका जनज्योती मा.वि. वेलाका शिक्षक पाटेश्वर यादवलाई स्कुलबाट बर्खास्त गर्न माग गरेको छ ।

यादवले साउन २१ गते राती आफ्नी छोरीको प्रेमी मन्साराम यादवलाई गाउँमा बोलाएर निर्घात कुटपिट गरेका थिए । अहिले मन्सारामको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको टाउको, ढाड, खुट्ट, अनुहारमा गहिरो चोट लागेको छ ।

सोहि विषयमा अखिल (कान्तिकारी) दाङका संयोजक गिरबहादुर महराले प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी कुट्ने शिक्षक पाटेश्वरलाई कारवाही गर्न माग गरेका छन् ।


‘शिक्षक पाटेश्वर यादवले आफ्नी छोरीलाई प्रयोग गरी छोरीको मोवाइलबाट छोरीलाई नै फोन गर्न लगाएर जसरी हुन्छ नाच हेर्न वेला चोकमा वोलाई ज्यान मार्ने उद्देश्यका साथ निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको कुराले हामीलाई दुःखी तुल्याएको छ,’ विज्ञप्तिमा भिनएको छ, ‘यसअघि पनि विभिन्न घटनामा विवादित रहेका उक्त शिक्षकलाई कडा भन्दा कडा कारवाही गरि तुरुन्त बर्खास्त गर्न सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछु ।’

साथै विज्ञप्तिमा अगाडी भनिएको छ, ‘घटना पछि म चोरी गर्न आएको थिएँ, चोरी गर्ने क्रममा घरधनीले फेला पारेको र सामान्य कुटपिटबाट सामान्य चोट पटक लागि घाइते भएकाले कहिँ कतै उजुरी गर्ने छैन भनि नक्कली कागज बनाई घटनालाई सामान्यीकरण गर्न खोजेको प्रति खेद प्रकट गर्दैछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायातका नायब सुब्बाहरुको आन्दोलन जारी, काम सुचारु

२६ श्रावण २०७९, बिहीबार १५:१७
नेपालगञ्ज : असमान रुपमा तलब वृद्धि गरेको भन्दै बाकेमा पनि निजामती कर्मचारीहरूका सहायक चौथो, पाँचौ र छैठौंका कर्मचारीहरुले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा मङ्गलवारदेखि कामकाज बन्द गरेका थिए भने विहीवारदेखि कामकाज सुचारु गरेका छन् । असमान तरिकाले तलव वृद्धि गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । तर असमान रुपले तलब वृद्धि […]