यातायातका नायब सुब्बाहरुको आन्दोलन जारी, काम सुचारु

सदरलाइन संवाददाता २६ श्रावण २०७९, बिहीबार १५:३८
 

नेपालगञ्ज : असमान रुपमा तलब वृद्धि गरेको भन्दै बाकेमा पनि निजामती कर्मचारीहरूका सहायक चौथो, पाँचौ र छैठौंका कर्मचारीहरुले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा मङ्गलवारदेखि कामकाज बन्द गरेका थिए भने विहीवारदेखि कामकाज सुचारु गरेका छन् ।

असमान तरिकाले तलव वृद्धि गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । तर असमान रुपले तलब वृद्धि गरेका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा कर्मचारीले आन्दोलनलाई तिब्रता दिँदै यातायात कार्यालय नेपालगन्जका सहायक चौथो, पाँचौ र छैठौं तहका कर्मचारीले कामकाज बन्द गरेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जका सहायक पाँचौ रमेश रेग्मीले बताए । साथै आन्दोलन जारी नै रहेको समेत रेग्मीले बताए ।


अर्थ मन्त्रालयले श्रावण १ गतेदेखि लागु हुने गरी अधिकृत भन्दा माथिका राजपत्रांकित कर्मचारीलाई २५ प्रतिशत र सो भन्दा मुनिका कर्मचारीलाई १५ प्रतिशत तलव बढाउने निर्णय गरेपछि देशव्यापी आन्दोलनका कार्यक्रम अनुसार कर्मचारी आन्दोलित भएर यातायात कार्यालय नेपालगञ्जका सबै नायव सुब्बा र त्यो भन्दा मुनिका कर्मचारीहरुले कामकाज बन्द गरेको रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवामैत्री नीति निर्माणमा जोड दिनुपर्ने : सरोकारवाला

२६ श्रावण २०७९, बिहीबार १५:३८
कोहलपुर (बाँके) : स्थानीय सरकार नै संवेदनशील भएर युवामैत्री नीति निर्माण र रोजगारीसहितको वातावरण सिर्जना गर्न अग्रसर हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कोहलपुरमा आयोजित जनप्रतिनिधिसँग युवा विषयक अन्तरक्रियाका सहभागीहरूले यस्तो बताएका हुन् । समाज सुधार कार्यक्रम नेपालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा आयोजित […]