अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

सदरलाइन संवाददाता ३० माघ २०७७, शुक्रबार ०९:२१
 

धनगढी : कैलालीमा अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीवार राति करिब ११ बजे भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको मृत्यु भएको हो ।


अटो रिक्सामा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी घाइते भएका चौधरीको टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

Next Post

हिमालयको तीन कोठे भवन उद्घाटन

३० माघ २०७७, शुक्रबार ०९:२१
नेपालगञ्ज : हिमालय आधारभुत बिद्यालयको नवनिर्मित तीन कोठे भवन एक समारोहका बीच उद्घाटका साथै हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि र ठाकुरवावा नगरपालिकाको समन्वयमा निर्माण भएको ३ कोठे भवनको उद्योग बाणिज्य तथा आपुर्ती राज्य […]