ईत्तेहाद संगठनको अधिवेशन भदौं ७ गते

सदरलाइन संवाददाता १ भाद्र २०८०, शुक्रबार १७:०६
 

नेपालगञ्ज : नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशन नेपालगञ्जमा हुने भएको छ ।

यहि भदौं ७ गते नेपालगञ्जको सुर्खेतरोडस्थित सिएसटी होटलमा हुने अधिवेशनको एमालेका महासचिव शंकर पोखरेलले उदघाटन गर्ने कार्यक्रम तय भएको संगठनका प्रदेश अध्यक्ष शकिलअहमद खानले जानकारी दिए ।


अधिवेशनमा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधीहरुको सहभागिता रहने भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनलाई सफल बनाउन नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनको नेतृत्वमा प्रत्येक दिन मुस्लिम अगुवा कार्यकर्ता र एमालेका अगुवा कार्यकर्ताबीच बैठक भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य सङ्घमा शनिबार विहानदेखि मतदान

१ भाद्र २०८०, शुक्रबार १७:०६
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य सङ्घको निर्वाचनका लागि शनिबार विहानदेखि मतदान हुदैछ । एशोसियट सदस्य पदका उम्मेदवार कमल कार्कीका अनुसार नेपालगञ्ज रंगशालाको कभर्डहलमा विहान आठ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । संघको निर्वाचनमा दलीय आस्थाका आधारमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एमाले), राप्रपा […]