सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित युवा शशक्तिकरण बुलगारी परियेजनाको सोमबार सरोकारवालाले अनुगमन गरेका छन् । परियोजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रममा सहभागि भएका युवाहरुको वर्तमान अवस्था अध्ययन गर्न सोमवार सरोकारवालाले अनुगमन गरेका हुन् ।
कार्यक्रममा सहभागि भएका नेपालगञ्ज उमहानगरपालिका वडा नं. ७, १५, १ र जानकी गाउँपालिका नं. ३ मा केही युवाहरुले संस्थाको सहयोगबाट गर्दै आएको रोजगारी तथा उद्यमको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा सरोकारवालाले जानकी ३ करमोहना गाउँमा घुम्टी पसल संचालन गर्दै आएको उद्धव बर्मा, बेमौसमी तरकारी खेती गर्देै आएका उमेश कुर्मी, वडा नं.–१५ सुईयामा मोबाईल मर्मतको व्यवसाय गर्दै आएका निसार अहमद हलवाई, नेपालगञ्ज–८ मा अध्ययनका लागि सहयोग पाएकी काजल बाडिया, खुसी सोनीमा परयोजनाको सहयोगबाट भएको उपलब्धीबारे अनुगमन गरेका छन् ।
अनुगमनमा संस्थाबाट सहयोग पाएका उनीहरुले मेहनतका साथ लागि परेको देखिएको छ । गरेको उद्यम, व्यवासायलाई उनीहरुले अझै बिस्तार र बढाउने कार्यमा अग्रसर रहेको पाइएको छ । त्यस्तै अध्ययनका लागि गरिएको सहयोगबाट उनीहरु बिद्यालय नियमित रहेको देखिएको अनुगमनमा सहभागि जिल्ला युवा क्लब संजालका सदस्य मनमोहन बर्माले बताए ।
कार्यक्रमले समुदायमा राम्रो सहयोग पुर्याएको पाइएको र अन्य युवाहरुका लागि पनि यस्तो सहयोग हुनुपर्ने नेपालगञ्जका शिक्षा प्रमुख गोरख बहादुर थापाले बताए । कार्यक्रमका समयमा डुब्लिकेशनलाई ध्यान दिनुपर्ने भन्दै उनले यस्ता समस्यामा रहेका तथा सहयोगको अवसर खोजिरहेका थुर्पै युवाहरु रहेको हुँदा उनीहरुलाई पनि यस्ता कार्यक्रममाहरु जोड्न सकिए अझै उत्कृष्ट कार्य हुने जिकिर गरे ।
अनुगमनपछिको समक्षिामा नेपालगञ्ज–७ वडाध्यक्ष जुम्मन खाँ, नगरकार्यपालिका सदस्य कौशलकुमार धोवी, वडा नं. १२ का सदस्य तरुण बज्रचार्यलगायतले यो कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए ।