नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु

सदरलाइन संवाददाता २१ श्रावण २०७९, शनिबार १४:३८
 

काठमाण्डौ : एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ । थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागीमा परि ४० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार १२ः४५ बजे माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो।प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन् । आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो।१३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।


अस्पतालका अनुसार १५ जनाको अवस्था गम्भीर छ । उनीहरूको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ । दुई जना गम्भीर बिरामीलाई थप उपचारका लागि बैंककको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साढे ६ अर्बको प्रादेशिक अस्पताल भवनको ठेक्कामा फेरि मिलेमतो

२१ श्रावण २०७९, शनिबार १४:३८
रविन्द्र घिमिरे/काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा फेरि मिलेमतो भएको देखिएको छ । यसअनुसार साढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने छ । लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ फागुन २०७८ को निर्णयअनुसार आह्वान भएको टेण्डर पनि सेटिङमा थियो […]