बाँकेमा रोकिएन दादुरा–रुवेला रोगको प्रकोप

सदरलाइन संवाददाता १९ माघ २०७९, बिहीबार १३:३९
 

नेपालगञ्ज : बाँकेमा दादुरा–रुवेला रोगको संक्रमण अझै रोकिएको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बुधबार बेलुकी सार्वजनिक गरेको तथ्यांक जिल्लामा अहिलेसम्म कुल ३ सय ९ जना बालबालिकामा संक्रमण पुष्टी भइसकेको छ ।

दादुरा–रुवेला संक्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् । उक्त रोगको संक्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एक जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबैभन्दा बढी नेपालगञ्जमा अहिलेसम्म २ सय १३ जना संक्रमित फेला परेको जानकारी दिए ।

यसैगरी नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा ९ र राप्ती सोनारीमा ७ जनालाई संक्रमण पुष्टी भएको छ । यि मध्ये अहिले १० जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालगन्जका एक जना संक्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी राप्ती सोनारीका ७ र कोहलपुरका २ जना बालबालिका ‘होम आइसुलेशन’ मा बसिरहेका छन् ।


दिनहुँ संक्रमण फैलिरहँदा बालबालिकाहरु निको हुने क्रम पनि चलिरहेको फोकल पर्सन श्रेष्ठले सुनाए । अहिलेसम्म २ सय ९८ जना निको भइसकेका छन् । नेपालगञ्जका २ सय ११ जना बालबालिका निको भएका छन् । नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका ७ जना बालबालिका निको भइसकेको कार्यालयले जनाएको छ ।

‘नेपालगञ्जमा संक्रमण केही कम भएको छ, तर ग्रामिण क्षेत्रतिर बढिरहेको अवस्था छ,’ फोकल पर्सन श्रेष्ठले भने । दादुरा रुवेला संक्रमण रोक्न ठाउँ ठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । श्रेष्ठले थपे, ‘ठाउँ ठाउँमा खोप कार्यक्रम चलिरहेका छन्, संक्रमण हुने र निको हुने क्रम चलिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनाविरुद्धको बुष्टर डोज लगाउने तयारी

१९ माघ २०७९, बिहीबार १३:३९
नेपालगञ्ज : स्वास्थ्य कार्यालय, बाँकेले कोभिड–१९ विरुद्धको दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको छ । कार्यालयका निमित्त प्रमुख एवं खोप सुपरभाइजर नरेश श्रेष्ठले ५५ वर्षमाथि व्यक्ति, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको जानकारी दिए । ५५ वर्षमाथिका व्यक्तिको हकमा पहिलो बुष्टर […]