साढे ६ अर्बको प्रादेशिक अस्पताल भवनको ठेक्कामा फेरि मिलेमतो

सदरलाइन संवाददाता २१ श्रावण २०७९, शनिबार १७:१२
 

रविन्द्र घिमिरे/काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा फेरि मिलेमतो भएको देखिएको छ । यसअनुसार साढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने छ ।

लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ फागुन २०७८ को निर्णयअनुसार आह्वान भएको टेण्डर पनि सेटिङमा थियो । कम्पनी छानेर फर्जी प्रतिस्पर्धाका लागि टेण्डर आह्वान गरेको तथ्य बाहिरिएपछि ठेक्का रद्द भएको थियो भने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका थिए ।

घिमिरे बाहिरिएपछि छवीराज पोखरेल सीईओ नियुक्ति भए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार प्राधिकरणले ९ असारमा बोलपत्र आहृवान गर्यो । मूल्य अभिवृद्धि करसहित करिव ६ अर्ब ७० करोड लागतको भवन बनाउन आहृवान गरिएको यो टेण्डरमा सेटिङमै भएको पाइएको छ ।

बोलपत्रमा २ अर्ब ८१ करोड बराबरको ‘डबल बेसमेन्ट’ भवन निर्माणको अनुभव मागिएको छ । यो प्रावधान रसुवा कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीमध्ये एकले ठेक्का पाउने गरी राखिएको हो । रसुवा कन्स्ट्रक्सन कांग्रेस नेता तथा सांसद मोहन आचार्यको र शर्मा एन्ड कम्पनी कांग्रेस निकट रमेश शर्माको कम्पनी हो । उनीहरुले संयुक्त उपक्रमको –जेभी) कम्पनीमार्फत वीर अस्पतालको सर्जिकल भवन २ अर्ब ८५ करोड लागतमा निर्माण गरेका थिए ।


यसमा प्रश्न उठेपछि प्राधिकरण ८ साउनमा टेण्डर संशोधन गर्दै ४७ करोडसम्मको भवन बनाएको नेपाली कम्पनीले विदेशीसँग जेभी –संयुक्त उपक्रम)मा ठेक्कामा भाग लिन पाउने नियम बनायो । तर १३ साउनमा अर्को संशोधन गर्दै विदेशी कम्पनीको जेभी ल्याउन अप्ठ्यारो पार्ने प्रावधान थपियो ।

जेभीमा आउने विदेशी कम्पनीले आफ्नो देशभन्दा बाहिरको देशमा गएर २ अर्ब ८१ करोड बरारबरको डबल बेसमेन्ट भवन निर्माण गरेको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता राखियो ।

यो योग्यता पुरा गरेको विदेशी कम्पनीले सम्बन्धित देशको नेपालस्थित दूतावासबाट ‘नोटरी’ (प्रमाणित) गरेर कागजात बोलपत्रमा अनिवार्य गरिएको छ । (अनलाइनखबरडटकमबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर लियो फुटसल टुनामेन्ट–१ सम्पन्न

२१ श्रावण २०७९, शनिबार १७:१२
नेपालगञ्ज : लियो क्लव अफ नेपालगञ्ज ईनोभेटिभको आयोजनामा अन्तर लियो फुटसल टुनामेन्ट–१ को व्वायजतर्फ लियो क्लव अफ नेपालगञ्ज खजुरा र गल्र्स तर्फ लियो क्लव अफ नेपालगञ्ज सेन्ट्रलले उपाधि हात पारेको छ । यसै गरी व्वायज तर्फ लियो क्लव अफ नेपालगञ्ज सिद्धिविनायक द्वितिय, गल्र्सतर्फ लियो क्लव अफ नेपालगञ्ज ईनोभेटिभ द्वितिय भए […]