भारतबाट आएका नेपालीलाई गृहजिल्ला पठाईंदै

२ जेष्ठ २०७७, शुक्रबार १७:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट नेपालगञ्ज ल्याइएका नेपालीको आज गरिएको आरडिटी परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । गएराती २ बजेसम्म उद्धार गरिएका ६ सय ८८ नेपालीमध्ये ४ सय ६६ जनाको आरडीटी जाँच गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएकाहरुको पीसीआर गर्ने तयारी गरिएको छ । उनीहरु सुर्खेत, कालीकोट र नुवाकोटका भएको बताइएको छ । आरडीटी परीक्षणमा नेगेटिभ देखिएका बाँकीलाई गृहजिल्ला पठाइएको छ ।
यसैबीच बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका आठ जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित अस्पताल पठाइएको छ ।



यसैबीच नरैनापुरमा भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ ।
राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।
गत बुधवार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

धनगढी प्रयोगशालामा ११० जना नेगेटिभ

२ जेष्ठ २०७७, शुक्रबार १७:३९
सदरलाइनडटकम, कैलाली : धनगढीको प्रयोगशालामा गरिएको १ सय १० जनाको थ्रोट स्वावको परीक्षण नेगेटिभ आएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङका समेत गरी १ सय १० जनाको थ्रोट स्वावको नमूना परीक्षण गर्दा नेगेटिभ आएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल रेकर्डर दिलीप श्रेष्ठले शुक्रवार जाँच गरिएका सबै नमूना […]