चट्याङ लागेर बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २४ आश्विन २०७९, सोमबार १३:०२
 

नेपालगञ्ज : बाँकेमा अविरल वर्षासँगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ६८ बर्षीय कालिबन बस्नेतको चट्याङ लागेर मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।


आइतबार दिउँसो साढे १२ तिर बस्नेत आफ्नो घरदेखि २ किलोमिटर उत्तर जंगल गाई चराउन गएको अवस्थामा चट्याङ परी गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते बस्नेतको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा सोमवार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी बाँकेले जानकरी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा मलामी गएका १३ जनाको मृत्यु

२४ आश्विन २०७९, सोमबार १३:०२
नेपालगञ्ज : कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ । आईतबार दिउँसो राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जनाको पहिरोमा परी मृत्यु भएको हो । दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना वेपत्ता भएको पुष्टी […]

सम्बन्धित