विप्लवलाई पुराना मुद्दा लगाउनु हुँदैन : शंकर पोखरेल

सदरलाइन संवाददाता १८ श्रावण २०७९, बुधबार १३:४५
 

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई पुराना मुद्धा लगाउन नहुने बताएका छन् । दाङको तुलसीपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनेमा बोल्दै उनले खुल्ला राजनीतिमा आउनु भन्दा पहिलेका घटनाका आधारमा मुद्दा लगाउन नहुने बताएका हुन् ।

’खुल्ला राजनीतिमा आइसकेपछि उनी (विप्लव) ले गलत काम गर्छन भने दण्डको भागिदार हुन्छन्,’ पोखरेलले भन्नुभयो, ’पहिलेका घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित होइन ।’


सोमबार ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजना मुद्दामा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)सहित नेता कार्यक्रताहरुलाई ३५ दिने वारेण्ट जारी गरेको छ ।

यसको संसदमा समेत विरोध भएको थियो । मंगलबार संसदमा एमाले र माओवादी केन्द्रका सांसदले राजनीतिक मुद्दा राजनैतिक तरिकाले हल गर्नु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना बढ्न थालेपछि जमुनाहा नाकामा उच्च सतर्कता

१८ श्रावण २०७९, बुधबार १३:४५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारीरुपमा कोरोना परीक्षण गर्ने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठुलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने […]

ताजा अपडेट