नेपालगञ्जमा भलिबल आयोजना हुँदै

सदरलाइन संवाददाता २४ माघ २०७९, मंगलवार १६:०२
 

नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) ले ५० हजार पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

२७ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ र २ गते बाँके जिल्लामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने सो पार्टीका नेपालगञ्ज अध्यक्ष रतन शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ ।


प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट स्टाइकरलाई जनही तीन हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा तीनवटै विभागीय टोलीसँगै अन्य राष्ट्रियस्तरका टोलीलाई पनि सहभागी गराउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको राजापुरमा हाडजोर्नी प्लस्टरसहित माईनर सिजर सेवा सञ्चालनमा ल्याईदै

२४ माघ २०७९, मंगलवार १६:०२
राजापुर (बर्दिया) :  बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा अब हाडजोर्नी प्लस्टरसहित सामान्य सिजर (अप्रेशन) सेवा सञ्चालनमा आउने भएको छ । राजापुर नगरकार्यापालिकाको बैठकले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गर्दै हाडजोर्नी प्लस्टर सामान्य सिजर सेवा दिनसक्ने गरि ब्यवस्थापन मिलाउन निर्णय गरे पछि यो संभव भएको हो । राजपुर नगरपालिकाको वडा नम्बर […]