विश्व मुटु दिवस मनाईंदै

सदरलाइन संवाददाता १३ आश्विन २०७७, मंगलवार १३:२४
 

नेपालगञ्ज : आज सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाईंदैछ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ ।
प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ ।

विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ ।


यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो ।

Next Post

जनमत पार्टीद्वारा संगठन विस्तार तीब्र

१३ आश्विन २०७७, मंगलवार १३:२४
जानकी (बाँके) : सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी शान्तिपूर्ण राजनीतिक मुलधारमा आएपछि आफ्नो सामाजिक र राजनीतिक गतिविधी बढाएको छ । देश र जनतालाई सर्वोपरि राख्दै जनमत पार्टीले समाज सेवामा अघि बढ्नुका साथै संगठन विस्तारको कार्यलाई पनि तीब्रता दिएको छ । यसैक्रममा जनमत पार्टी बाँकेले जिल्लाका विभिन्न ठाउँमा गाउँ कमिटि […]