सुर्खेतमा लागुऔषधसहित ३ जना पक्राउ

सदरलाइन संवाददाता २९ श्रावण २०७९, आईतवार १३:४०
 

सुर्खेत : प्रहरीले लागुऔषधसहित सुर्खेतमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्लाको वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ की १८ वर्षीया मनिषा घिमिरे पक्राउ परेका हुन् ।


लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ३८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिद्यार्थी बेहोस हुन थालेपछि बाँकेको एक विद्यालय बन्द गर्ने तयारी

२९ श्रावण २०७९, आईतवार १३:४०
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १३ मा रहेको नेरामाबि खडकबारमा कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरु एकाएक बेहोस भएका छन् । बिद्यार्थीहरुमा मास हिस्टिरिया भएको अनुमान गरिएको छ । मास हिस्टिरियाबाट बिद्यार्थीहरु अचानक बेहोस भएपछि सोमवारबाट ५ दिनका लागि बिद्यालय बन्द गर्ने तयारी भएको बिद्यालयका प्रधानाध्यापक पृथ्बीनाथ धितालले जानकारी […]