बाँके डान्स आईडलको तेस्रो छनौट राउण्ड सम्पन्न

१२ जेष्ठ २०७५, शनिबार १९:५७
 

सदरलाइन / रबिन्द्र सिंह ठकुरी
१२ जेठ, कोहलपुर (बाँके) : कोहलपुरमा आयोजना गरिएको पश्चिम नेपाल कै उच्च राशिको नृत्य प्रतियोगिताको चौथो छनौट राउण्ड सम्पन्न भएको छ । कोहलपुरको साईनिङ्ग स्टार विद्यालयमा शनिबार आयोजना गरिएको छनौट प्रतियोगितामा २ सय ३४ जनाले सहभागिता जनाएकोमा सो छनौटमा ५० जना मात्र चौथाे चरणको लागि छानिएका हुन ।
पहिलो चरणको छनौट प्रतियोगितामा ३ सय ३४ जना प्रतियोगिहरुले सहभागिता जनाएका थिए । दाेस्रो छनौट राउण्ड पार गर्न २ सय ३४ जनाले पार गर्दै शनिबार भएको तेस्रो राउण्डमा ५० जना प्रतियोगिहरु छनौट भएका छन । अब अर्को छनौट राउण्डमा ३० जना प्रतियोगिहरु छनौट गर्ने आयोजकले जनाएको छ ।
निहारीका फिल्मस् प्रालिको आयोजना भएकोे सो नृत्य प्रतियोगिताको प्रथम राशी १ लाख रहेको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । निहारीका फिल्मस् प्रालिले बाँकेको कला सांस्कृतिलाई प्रोत्साहन गर्न यो नृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको श्रेष्ठले बताए ।
नृत्य प्रतियोगिताका लागि देशभरबाट सबैले प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने आयोजकले बताएको छ । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार र प्रतियोगिताको १० स्थानसम्म आउने प्रतियोगीलाई म्यूजिक भिडियोमा मौका दिने पनि बताएको छ ।
प्रतियोगिताका लागि देशभरबाट सहभागी रहने पनि आयोजकले बताएको हो । प्रतियोगिताको ६ भाग नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने पनि आयोजकले जनाएको छ । 

Next Post

कृष्णसेन स्मृती दिवश सेन्टर र चौतारीले संयुक्तरुपमा मनाए

१२ जेष्ठ २०७५, शनिबार १९:५७
सदरलाइनडटकम १३ जेठ, नेपालगन्ज :  द्धन्द्धकालमा राज्यका तर्फबाट मारिएका स्वर्गीय पत्रकार कृष्णसेन ईच्छुकको १६ औं स्मृती दिवश प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले संयुक्तरुपमा मनाएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि आस्थागत पत्रकार संगठनले पहिलो पटक कृष्णसेन इच्छुकको स्मृती दिवश संयुक्तरुपमा […]