२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

जोखिम मोलेर महेन्द्र बहुमुखी क्याम्पसमा पठनपाठन



नेपालगञ्ज : पश्चिम नेपालको पुरानो आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको भवन जीर्ण हुँदा जाखिम मोलेर पठनपाठन भइरहेको छ । ५९ वर्ष पुरानो भवनमा जिर्णोद्धार नुहँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नुपर्ने बाध्यता छ । भवनको छत जीर्ण भएको छ ।

छतबाट पानी चुहिएर पाठ्यपुस्तकसमेत भिज्ने गरेको छ । क्याम्पस प्रमुख लालमणी आचार्यले भवन जीर्ण भएका कारण क्याम्पस अन्यन्त संकटमा रहेको बताए । उनले समयमा मर्मत सम्भार नभए ठुलो दुर्घटना हुने खतरासमेत उत्तिकै रहेको बताए ।

करिब ५९ बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहे पनि त्यही भवनमा पठनपाठनको काम हुँदै आएको छ । २०१९ सालमा महेन्द्र डिग्री कलेजको नाममा स्थापना हुँदा क्याम्पस भवनको निर्माण भएको हो ।

डिग्री कलेजको नाममा स्थापना भएको क्याम्पसलाई २०२८ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नामाकरण गरिएको हो । स्थापना भएको ५५ वर्ष पार हुँदासम्म पनि क्याम्पस भवनको अहिलेसम्म मर्मत सम्भार भएको छैन ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मंगलबार
ताजा समाचार