२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम



दाङ : नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । वि.स २०५० भदौ ३ गते स्थापना भएको संस्थाको २९ औँ स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

जसमा २९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा शान्ता कुमारी खनाल, नमराज अधिकारी, दामोदर खनाल, पवन योगी, छवि पुरी, चतुरमान चौधरी, खीमराज चौधरी, कमल पोख्रेल, बमबहादुर खड्का, पार्वति बस्नेत, गोपीराम पुरी, प्रयुष योगी, सम्भव डिसी, सन्दिप डिसी, बसन्ता बस्नेत, विष्णु भण्डारी, युवराज सुनार, अर्जुन सेर्पाईली, सन्दिप गोराथोकी, शारदा पुरी, माधवप्रसाद तिमल्सीना, सरद पौडेल, प्रज्वल डिसी, रमेश गौतम, समीर भुषाल, लक्ष्मी गुप्ता, लक्ष्मी ढकाल, अम्भीका वली, सरस्वति चौधरीले रहेका छन् ।

संस्थाका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा गौतमको प्रमुख आतिथ्य एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला योगीको विशिष्ट आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो ।

स्थापना दिवसमा हरेक वर्ष रक्तदान गर्दै आएको संस्थाले सामाजिक, आर्थिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले सामाजिक र आर्थिक उत्थानका लागि संस्थाले स्थापना कालदेखि समाजका विभिन्न क्षेत्रमा भुमिका निर्वाह गर्दै आएको हुँदा धेरैको जीवन बदल्न सम्भव भएको बताए ।

संस्थाकी कोषाध्यक्ष देवा जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिवा योगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भदौ ३ गते शुक्रबार
ताजा समाचार