२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

पत्रकार महासंघ बाँकेद्वारा तीज मिलन कार्यक्रम



नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेले शुक्रवार नेपालगञ्जस्थित आफ्नै भवनमा तीज मिलन तथा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको तीज कार्यक्रममा सहभागीहरुले हिन्दु नारीहरुको महान ठूलो पर्व तीजले एकता, सद्भाव र सम्बृद्धि स्थापित गरोस् भन्ने शुभकामना दिएका थिए ।

निवर्तमान उपमेयर उमा थापा मगरले नारीहरुको सुखदुःख बिसाउने र एक आपसमा शुभकामना साटासाट गरेर मनाइने तीज पर्वले स्नेहिता प्रदान गरोस् भन्ने शुभकामना दिइन् ।

यस्तै क्रियासिल महिला पत्रकार बाँकेकी संस्थापक अध्यक्ष अक्षरी प्रोख्रोलले यस्ता पर्वहरुले एक आपसमा भेटघाट गराउने र एकता प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

नेपाल पत्रकार महासघका उपाध्यक्ष्य करुणा शाहाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सञ्चारिका समुह बाँकेकी अध्यक्ष रुपनी जिएम, पे्रस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा बिभिन्न सञ्चार माध्यमबाट पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । पत्रकार महासघका सदस्य साबित्रि गिरीले सञ्चालन गरेको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नाचगान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७९ भदौ १० गते शुक्रबार
ताजा समाचार