कालिका कन्सट्रक्सनको साईट अफिसमा अज्ञात समुहले कुकर बम विष्फोट गरायो

२२ बैशाख २०७५, शनिबार ११:००
 

सदरलाइनडटकम
२२ बैशाख, नेपालगन्ज  : बाँकेमा विभिन्न क्षेत्रमा विकासे काम गर्दै आएको कालिका कन्स्ट्रक्सनको हवल्दारपुरस्थित साईट अफीसमा अज्ञात समुहले प्रेसर कुकर बम विष्फोट गराएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गयराति करिब साढे १२ बजेको समयमा प्रेसरकुकर बम विष्फोट भएको जानकारी दिए ।
प्रहरीले सो घटनामा संलग्नता भएको आशंकामा शनिबार बिहान करिब पाँच बजे मुगु घर भई नेपालगन्ज बस्दै आएका देवबहादुर रोकायालाई नेपालगन्जको सल्यानीबागबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
घटनाको लगत्तै विष्फोटमा संलग्नलाई पक्राउ गर्न जिल्ला भरी नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘कसले विष्फोट गराएको भन्ने प्रमाण नभेटिएको र कसैले जिम्मा पनि नलिईसकेकाले यसैले विष्फोट गराएको भन्ने यकिन भने छैन । हामी घटनामा संलग्नलाई खोज्दै छौ’– प्रहरी नायब उपरीक्षक भट्टराईले भने–‘कसैले विष्फोटनको जिम्मा अहिलेसम्म लिएको छैन । विष्फोट गराएको आशंकामा नेपालगन्जबाट एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको छ ।’
सो विष्फोटनबाट कालोपत्रे उत्पादन गर्ने ‘अस्फाल प्लान्ट’मा क्षति पुगेको कालिका कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर युवराज क्षेत्रीले जानकारी दिएका छन् । उनले क्षतिको यकिन विवरण तत्कालै भन्न नसकिने बताए ।  फोटो : गुगलबाट

Next Post

कोहलपुरको जीवन ज्योति चर्चमा गएराति आगलागी

२२ बैशाख २०७५, शनिबार ११:००
सदरलाइनडटकम  २२ बैशाख, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १० स्थित रामनगरमा जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा गए राति आगलागी भएको छ । सो घटनामा परि मानविय क्षति नभए पनि भौतिक क्षति भने भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले गयराति करिब […]