जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १५ श्रावण २०७९, आईतवार १५:११
 

नेपालगञ्ज : जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीप दुर्घटना हुँदा मुगु जिल्ला राराछायाँनाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । ब्रेक फेल भएर जीप दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ ।


दुर्घटनामा जीप चालक दलबहादुर बुढा घाइते भएका र उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको प्रहरीले जनाएको छ । जीपमा पाँच जना यात्रु रहेका र चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा

१५ श्रावण २०७९, आईतवार १५:११
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरु आन्दोलित भएका छन् । चालकहरुले धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लामवद्ध पारेर […]